Comments Add Comment

साहरुख, आमिरलाई पछ्याउँदै ‘ताण्डव’को भिडियो खेल

tandav-game-new
बलिउडमा सिनेमाको प्रचारका लागि चर्चित नायक तथा निर्माताहरु भिडियो गेमको निर्माण गरिरहेका छन् । नायक साहरुख खानले ‘चेन्नई एक्सप्रेस’मा र आमिर खानले ‘धुम ३’मा भिडियो गेम बनाएका थिए ।

यसले सिनेमाको प्रमोशन पनि हुने र निर्मातालाई पनि ईन्टरनेटबाट केही रकम मिल्ने देखिएको छ ।  अब यही कुरा नेपाली फिल्मका निर्माताहरुले पनि मनन गरेका छन् । भाद्र ६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘ताण्डव’को निर्माणपक्षले पनि भिडियो गेमको प्रयोग सुरु गरेको छ ।

ईन्टरनेट प्रयोगकर्ताहरुले सिनेमाको बारेमा खाली राखिएको स्थानमा सूचना भनुपर्नेछ । सिनेमाको पोष्टरमाथि यो खेल खेल्न सकिनेछ । आशिश राना’लाहुरे’, नम्रता श्रेष्ठ, अनुप बराल लगायतका कलाकारले अभिनय गरेको यो सिनेमालाई बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेका हुन् । सिनेमाले मार्केटिङ लयमा नयाँ आयाम कोर्ने विश्वास गरिएको छ । चलचित्रलाई मोहन डोटेलले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment