Comments Add Comment

कांग्रेस नेता कोइराला हिन्दु राष्ट्रको पक्षमा

Kamal-thapa-with-sekhar-koirala

१७ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्नु गल्ती भएको बताएका छन् ।

वीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिका सम्बन्धमा राजधानीमा शनिबार राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. कोइरालाले आफू धर्म निरपेक्षताको पक्षमा नरहेको बताए ।

डा. कोइराला संलग्न रहेको पार्टी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा छ । तर, डा. कोइरालाले आफ्नो दृष्टिकोण पार्टीसँग नमिले पनि व्यक्तिगत विचार भएको बताएका छन् । 

कांग्रेस नेता कोइरालाले राजालाई हटाएर गणतन्त्र ल्याउनमा कांग्रेसको कुनै दोष नरहेको बताएका छन् । राजाले समयको आवाज नबुझे्काले उनी आफैं असफल भएको र यसमा कांग्रेसको दोष नरहेको डा. कोइरालाले बताए ।

राप्रपा नेपालको प्रचार विभागद्वारा आयोजित वीपीसम्बन्धी छलफल कार्यक्रममा कमल थापा प्रमुख अतिथि थिए । थापागाउँस्थित अनमोल क्याटरिङमा आयोजित कार्यक्रममा विश्वबन्धु थापा, हरिहर दाहाल लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment