Comments Add Comment

पहिरो पीडितको उद्धारमा लाग्न एमाओवादीको उर्दी

१७ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीले सुनकोशी कोरिडोरका आफ्ना कार्यकर्ताहरुलाई प्राकृतिक प्रकोपमा परेकाहरुको उद्धारमा परिचालित हुन निर्देशन दिएको छ ।
सुनकोशीमा आएको पहिरोमा परी घाइते भएकाहरुको उद्धारमा सरकारले ध्यान नदिएको भन्दै एमाओवादीले आपत्ति जनाएको छ । ‘पहिरोमा परेकाहरुको उद्धार र घाइतेहरुको उपचारमा सरकारी संयन्त्रको फितलो परिचालनप्रति आपत्ति प्रकट गर्दछौं,’ एमाओवादीद्वारा शनिबार जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘पहिरोका कारण घरबारविहीन भएकाहरुलाई राहत तथा पुर्नवासको व्यवस्था गर्न हाम्रो पार्टी सरकारसँग माग गर्दछ ।’
पहिरोले थुनिएको नदी एक्कासी खोलिँदा हुनसक्ने सम्भाव्य दुर्घटनाको रोकथामका उपायहरुको अविलम्ब व्यवस्था मिलाउन र सुरक्षित तरिकाले नदीको बहाव सुचारु गर्न एमाओवादीले सरकारसँग माग गरेको छ ।
एमाओवादी प्रवक्ता दीनानाथ शर्माद्वारा हस्ताक्षरित वक्तव्यमा प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थलाभको कामना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment