Comments Add Comment

के भयोे श्रीकृष्णलाई ? अवस्था वुझ्न दाजु पनि दिल्ली पुगे

shreekrishna-and-sweta-in-bihe-party
नायक श्रीकृष्ण श्रेष्ठ बिहे लगतै हनिमुन मनाउन भारत पुगेका थिए । तर स्वास्थ्यमा केही समस्या आएपछि उनी नेपाल र्फकन सकेका छैनन् । एक करोड भन्दा माथिको बजेटमा तयार भएको चलचित्र ‘कोहिनुर’ प्रदर्शन हुन ५ दिन बाँकी छ ।

तर प्रचारप्रसारमा चर्को रुपमा लाग्नु पर्ने श्रेष्ठ र उनकी धर्मपत्नी नायिका स्वेता खड्का नेपाल र्फकन सकेका छैनन् । उनीहरु भारत हानिएको २० दिन बढि भैसकेको छ । नेपाल नफर्किएपछि श्रीकृष्णका दाजु मिन श्रेष्ठ उनको स्वास्थ्य अवस्था वुझ्न दिल्ली पुगेका छन् । निर्देशक आकाश अधिकारी अहिले सिनेमाको प्रचार जोडतोडका साथ गरिरहेका छन् । तर कलाकार नै नभएपछि यसको प्रचार सोचेजस्तो हुन सकेको छैन ।

केही दिन अघि नै नेपाल र्फकनु पर्ने श्रीकृष्ण र स्वेता अझै पनि भारतमा नै छन् । केही दिनअघि मात्र नायिका खड्काले श्रीकृष्णलाई डाक्टरले केही दिन आराम गर्नुपर्ने भएकाले दिल्लीमा रहेको जनाएकी थिइन् । यसपछि नायक श्रेष्ठको खबर बाहिर आएको छैन । श्रीकृष्णको अवस्था बारे पत्नी स्वेताले पूर्ण जानकारी परिवारलाई नदिएपछि दाई दिल्ली हानिएका हुन् । चलचित्र ‘कोहिनुर’ साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment