Comments Add Comment

मोदीद्वारा पशुपतिनाथमा पूजाअर्चना

modi-in-pashupati 1

१९ साउन काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका मोदीले साउनको सोमबार पारेर पशुपति मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन् ।

शिवभक्त एवं आध्यात्मिक नेता समेत रहेका मोदी गेरु रंगको कुर्थामा पशुपति मन्दिरमा पुगेका थिए । उनले झण्डै ५० मिनेट लगाएर पशुपतिनाथको विशेष पूजा गरेका छन् ।

मोदीसँग रहेका समाजिक कार्यकर्ता विनोद मोरका अनुसार पूजाका क्रममा मोदी निकै प्रशन्न मुद्रामा थिए । मोदीले पनि पशुपतिलाई २५ क्विन्टल सेतो चन्दन उपहार प्रदान गरेका छन् ।

पूजापछि भातीय प्रधानमन्त्री मोदी रुद्राक्षको माला लगाएर बाहिरिएका छन् । मोदीलाई पशुपति क्षेत्र विकास कोषको तर्फबाट पशुपति मन्दिरको तस्वीरसहितको उपहार दिइएको छ ।

modi-in-pashupati 2

सोमनाथको भूमि गुजराजबाट जन्मिएर काशी विश्वनाथबाट राजनीति थालेका मोदी पशुपतिनाथमा भक्त हुन् । उनले संसदमा सम्बोधनका क्रममा भनेका थिए-‘जब म कासीको प्रतिनिधि बनेपछि मेरो नेपालसँगको नाता थप जोडियो । कासीमा एक मन्दिर छ, जहाँ नेपाली पूजारी छन् । नेपालको पशुपतिनाथ छ, जहाँका पुजारी हिन्दुस्तानका छन् ।’ उनले यसोभन्दा सभासदले ताली बजाएका छन् । भारतका हरेक व्यक्तिले ५१ शक्तिपीठको दर्शन गर्ने र ती मध्ये दुइै नेपालमा रहेको उनले बताए ।

पशुपतिनाथ मन्दिरमा पूजापछि बिहिरने क्रममा भारतीय प्रधानमन्त्री मोदीले सडकमा उत्रिएर सर्वसाधारणले सर्वसाधारणसँग अभिवादन साटेका छन् ।

modi-in-pashupati 3

तस्वीरः श्रीधर पौडेल, विकास श्रेष्ठ र अजय महर्जन/अनलाइनखबर 

Modi-in-pashupati-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment