Comments Add Comment

फेसनेवल ‘इजि सुज’ छिटै बजारमा

Easy-Shoes१९ साउन, काठमाडौं । नुरिन उद्योगले बजारमा नयाँ प्रविधि अपनाइएको इजि सुज ल्याउने भएको छ । नुरिनले हरेक दिन दुई सय जोडी इजि सुज उत्पादन गर्ने बताएको छ ।

उद्योगले तीन महिनाभित्र उत्पादन क्षमतामा बढाएर पाँच सय जोडी जुत्ता हरेक दिन उत्पादन गर्ने जनाएको छ । उद्योगमा ४० जना  प्राविधिकहरु कार्यरत रहेका छन् । यसको होलसेल न्यूरोडस्थित महाबौद्धमा रहेको छ ।

धेरै भेराइटी, टिकाउ पदार्थ र प्रतियोगितात्मक मूल्य भएकाले इजि सुजले नेपाली उपभोक्ताको मन जित्ने अपेक्षा कम्पनीले लिएको छ । यस जुक्तामा कम्पनीले ६ महिनाको वारेन्टी प्रदान गर्ने जनाएको छ ।

बजारमा इजी ब्रान्डका फेसनेवल सुज, क्याजुअल सुज, पार्टी सुज र बुटहरु पाइनेछन् । कम्पनीले छिट्टै स्कुल सुज पनि बजारमा ल्याउने जनाएको छ ।
कम्पनीका प्रवन्ध निर्देशक सविन कार्कीले भने ‘सबैले स्टाइलिस्ट देखिने अवसर पाउनु पर्छ, हामी थोरै लगानीमै यसलाई सम्भव बनाउने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment