Comments Add Comment

नक्कली सर्टफिकेटबाट जागिर खाने शिक्षकविरूद्ध मुद्दा

१९ साउन, काठमाडौं । नक्कली सर्टिफिकेट पेशेर जागिर खाएको अभियोगमा नुवाकोटको सुन्दरा उच्च माध्यमिक विद्यालय सातबीसेका मावि शिक्षक कपिलेश्वर मण्डल अमात्य विरद्द अख्तियार दुरूपयोग अनुसनधान आयोगले सोमवार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

सेवा प्रवेश गर्न हालको विहार विद्यालय परीक्षा समिति पटना भारतबाट सन् १९८७ मा विज्ञानमा आईएस्सी गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली ठहर भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

उनीविरूद्द भ्रष्टाचार निवारण ऐन, ०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, ०५९ को १६(१) बमोजिम सजाय माग गर्दै विशेषमा मुद्दा दर्ता गरिएको हो ।

झुठो दर्ता नम्बर राख्दा अख्तियारको फन्दामा

दर्ता भइसकेको एउटा कम्पनीको दर्ता नम्बर अर्कै कम्पनीका नाममा दर्ता गरी झुठो फाइल खडा गर्ने घरेलु तथा साना उद्योग विकास समिति धादिङका पाँचौ तहका तत्कालीन कर्मचारी लिइन्द्र बहादुर लामाविरूद्द पनि अख्तियारले मुद्दा दर्ता गरेको छ ।

उक्त कार्यालयमा ०६७ असार ११ गते दर्ता भएको एक्सिलेन्ट कम्प्युटर एण्ड ल्याङवेज इन्स्टिच्युटको दर्ता नम्बर २४८४।२०६६-६७ दर्ता लार्इ दर्तै नभएको शिलादेवी रोडा ढुंगा उद्योगको नाममा राखी झुटा विवरण तयार गरेको अभियोग लामाविरूद्द अख्तियारले लगाएको छ । झुठो विवरणसहितका कागजात बनाएर निमित्त वरिष्ठ उद्योग अधिकृत र निमित्त महानिर्देशकको समेत आफैले सही र हस्ताक्षर गरी उद्योग दर्ता प्रमाण पत्र जारी गरेकाले उनीविरूद्द मुद्दा दायर गरिएको अख्तियारको भनाइ छ ।

आफूले नपाएको अधिकार प्रयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ द्वारा परिभाषित अपराध गरेको देखिएकाले अख्तियारले लामाविरूद्द विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment