Comments Add Comment

मोदीले जीतबहादुरबारे ढाँटेको भारतीय मिडियामा चर्चा

jitbhadur
२० साउन, काठमाडौं । नेपाली युवक जीतबहादुर मगरलाई १६ वर्षपछि उनको परिवारसँग मिलन गराएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दाबीप्रति भारतीय सञ्चारमाध्यमले प्रश्न उठाएका छन् ।
‘मोदीले आफ्नो ट्विट एकाउन्टको माध्यमबाट नेपाली युवकलाई १६ वर्षपछि परिवारसँग भेट गराएको दाबा गरेका छन्,’ बीबीसी हिन्दी अनलाइनले लेखेको छ, ‘तर, सत्य त यो हो कि जीतबहादुरले सन् २०१२ मै आफ्ना परिवारजनसँग भेट गरिसकेका थिए ।’
बीबीसीले अगाडि लेखेको छ, ‘यसबारे त्यतिबेला पत्तो भयो, जुनबेला मानिसहरुले उनको फेसबुक पेजमा २०१२ मा परिवारसँग खिचेको फोटो फेला पारे । त्यसबेला जीतबहादुर आफ्नो परिवारका साथमा ३ महिना बसेर अहमदावाद फर्किए र सीधै मोदीको घरमा गए ।’ समाचारमा मोदीको दाबीमाथि प्रश्न उठाउँदै भनिएको छ, जीतबहादुरको वयानपछि मोदीको दाबीमाथि प्रश्न उठेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment