+
+
Shares

कञ्चनपुर विमानस्थल बन्यो गार्इ चराउने ठाउँ

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २० गते १२:४७

२० साउन, कञ्चनपुर । लामो समयदेखि विमान सञ्चालन नहुँदा कञ्चनपुरको विमानस्थल गौचरनमा परिणत भएको छ । विमान सञ्चालन नभएका कारण भीमदत्त नगरपालिका-१७ मझगाउँस्थित रहेको विमानस्थल गौचरनमा परिणत भएको हो ।

विमान सञ्चालनमा नआउँदा उक्त क्षेत्रका स्थानीयले आफ्ना चौपाया विमानस्थलमा चराउन थालेका छन् । मझगाउँकी राधा थापाले उक्त चौर खाली भएकाले गोरु चराउन थालेको बताइन् । यस्तै विगत पाँच वर्षदेखि उक्त चौरमा चौपाया चराउँदै आएका सोही गाउँकै पदम भट्टले  बताए ।

विसं २०४६ देखि विमान सञ्चालन नहुँदा यहाँका स्थानीय हवाई सुविधाबाट वञ्चित भएका छन् । २५ वर्षसम्म लगातार रूपमा बन्द रहेको विमान सञ्चालनका लागि यहाँका उद्योगी, व्यवसायी र स्थानीय अगुवाले सम्बन्धित निकायसँग पहल गर्दा पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन ।

विमानको भाडादर चर्को भएका कारण यहाँका स्थानीयले चर्को भाडादरमा विमानस्थलमा आवतजावत गर्न नसक्ने र महेन्द्रनगरदेखि बस सञ्चालनमा आएका कारण विमान सञ्चालन बन्द भएको थियो ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा यहाँका उद्योगी हेमराज पाण्डेले उद्योग वाणिज्य सङ्घले उक्त विमानस्थल सञ्चालनका लागि पटकपटक राज्यका विभिन्न निकायसँग माग गरे पनि सञ्चालका लागि कुनै पहल नभएको गुनासो गरे ।

यस्तै कञ्चनपुर उद्योग वाणिज्य सङ्घका महासचिव हेमराज जोशीले राज्यले विमानस्थल सञ्चालनमा ध्यानै नदिएका कारण  बन्द रहेको विमानस्थल सञ्चालन नभएको बताए । मझगाउँमा रहेको विमानस्थल सञ्चालनका लागि यहाँका उद्योगी, व्यवसायी र नागरिक समाजले माग गरेका छन् । रासस

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?