Comments Add Comment

शाहरुखबारे किन टिप्पणी गरिरहन्छन् सलमान ?

Sarukh-and-salman

एक पटक फेरि सलमान खानले अभिनेता शाहरुख खानबारे टिप्पणी गरेर मिडियालाई गतिलो मसला दिएका छ्न । तर पनि सलमान खानले शाहरुखबारे गरेको टिप्पणीलाई थोरै प्रशंसा र धेरै टिप्पणीका रुपमा बुझिएको छ । जसका कारण एक पटक फेरि रिल लाइफका करण-अर्जुन उनीहरुका फ्यानबीच चर्चाका विषय बनेका छन् ।

भलै सलमान खानले शाहरुखको तारिफ गरे । तर, यो तारिफ सजिलै पच्ने अवस्थामा छैन । सलमानले जानीबुझी शाहरुखबारे टिप्पणी गरेको मानिसले ठानेका छन् । यसभन्दा अघि विग बोसको प्रस्तोताका रुपमा आफूलाई विस्थापित गर्ने उत्कृष्ट व्यक्ति शाहरुख नै हुने टिप्पणी सलमानले गरेका थिए ।

त्यसपछि मानिसले भनेका थिए, सल्लु मिया जानी-जानी शाहरुखको नाम लिन्छन् ता कि जसकारण उनीबारे मिडियामा चर्चा होस् ।

सलमानले आफू बारे टिप्पणी गरेपनि शाहरुखले भने अहिलेसम्म मुख खोलेका छैनन् । लामो समयदेखि शाहरुखले सलमानले गर्ने कुनै पनि भनाईमा टिकाटिप्पणी गरेका छैनन् । अहिले तत्काल त शाहरुख आफ्नो फिल्म हृयाप्पी न्यू ईयरमा ब्यस्ता छन् । जसमा उनलाई दीपिका पादुकोण र अभिषेक बच्चनले साथ दिएका छन् । फिल्म आगामी दिपावलीमा रिलिज हुँदैछ ।
सलमानका ७ फिल्मले सय करोड कमाए

सलमान खानले अभिनय गरेका ७ वटा फिल्मले सय करोडको ब्यापार गर्न सफल भएका छन् । सलमानको हालै रिलिज भएको फिल्म ‘किक’ ले त सफलताको शिखर चुम्न सफल भएको छ ।
किकले रिलिज भएको १० दिनमै २ सय करोड कमाएर सलमानलाई सफलता चुमाइरहँदा सलमान यस्ता कलाकार भएका जसका ७ वटा फिल्म सय करोड क्लबमा दर्ता गर्न सफल भए ।
यो सफलतापछि मिडियाले उनीसँग हिन्दी सिनेमाको नयाँ किङ सलमान खान हो भनेर प्रश्न गरेका थिए । उत्तरमा उनको जवाफ यस्तो थियो, ‘बलिउडमा केबल एकमात्र किङ -शाहरुख खान) नै हुन्, उनलाई कसैले पनि विस्थापित गर्न सक्दैनन्, त्ययसैले यो प्रश्न सोध्नु नै बेकार छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment