Comments Add Comment

प्रेमिकाको निहुँमा प्रहरी अधिकृतले चरीलाई मारेको एमाले आरोप

२२ साउन, काठमाडौं । सभामुख सुवास नेम्वाङले डन दिनेश अधिकारी चरी हत्यकाण्डबारे यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । व्यवस्थापिका संसदको बैठकमा एमाले सभासदहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र गुरु बुर्लाकोटीले चरीको हत्या नियोजित रुपमा प्रहरीले गरेको भन्दै गृहमन्त्रीको जवाफ मागेका थिए ।

एमाले सभासदहरुले चरी हत्याबारे यथार्थ नआए संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले गृहमन्त्रीलाई शुक्रवारको बैठकमा यसबारे यथार्थ जानकारी गराउन रुलिङ गरेका हुन् । नेम्वाङले नेपालगन्जमा एक १८ वषर्ीया युवतीको बलात्कारको घटनाको पनि यथार्थ जानकारी गराउन रुलिङ गरेका छन् ।

एसएसपीलाई निलम्बन गर्न माग

संसद बैठकमा समय लिएर बोल्दै धादिङका एमाले सभासदहरुले गृहमन्त्री बामदेव गौतमको आलोचना गर्दै प्रहरीले बर्दीको आडमा गैरन्यायिक हत्या गरेको आरोप लगाएका थिए ।

सभासद पाण्डेले चरीलाई चक्रपथभित्रै  हत्या गरेर भीमढुंगामा नक्कली मुठभेड रचिएको आरोप लगाए । ‘यो हत्यामा संलग्नहरुलाई न्यायिक कारवाहीको दायरमा ल्याउन एसएसपी पुष्कर कार्कीलाई निलम्बन गरि छनबिन थाल्नुपर्छ’ पाण्डेले भने ।

प्रहरीले बर्दी लगाएर संगठित अपराध गरेको भन्दै उनले चरी अपराधी भए पक्राउ गरि कारवाही गर्नु पर्नेमा नियन्त्रणमा लिएर हत्या गरेको आरोप लगाए । ‘चरीलाई मारिएको ठाउँमा एक थोपा रगत छैन यसले पनि उनलाई बाहिर मारेर लगेको पुष्टि हुन्छ’ पाण्डेले भने ।

हत्यामा ५० लाख ?

एमालेकै अर्का सभासद गुरु बुर्लाकोटीले एक प्रहरी अधिकृतले प्रेमिकाको निहुँमा चरीको हत्या गराएको आरोप लगाए ।  ‘चरीकी प्रेमिकालाई मन पराउने ती प्रहरी अधिकृतले ५० लाख खर्चेर भने पनि चरीको हत्या गराउँछु भनेका थिए । उनैको टोलीले मारेको भन्ने छ, यथार्थ बाहिर ल्याइयोस’ बुर्लाकोटीले संसद बैठकमा भने ।

बुर्लाकोटीले चरीको हत्याका पछाडि ठूलो खेल रहेको भन्दै यसको निष्पक्ष र न्यायिक छानबीन हुनुपर्ने माग गरे ।

अर्का सभासद गंगालाल तुलाधरले चरी हत्या प्रकरणमा प्रहरीले तथ्य बंग्याएर पुष्टि गर्न खोजेको भन्दै संसदलाई यथार्थ जानकारी गराउन माग गरे ।

बुधबार साँझ काठमाडौंको भीमढुंगामा मुठभेड भएको र घटनामा चरी मारिएको प्रहरीले बताएको छ ।

को हुन प्रेमिका ?
एमाले सभासद्ले संसदमा चर्चा गरेकी चरीकी प्रेमिका हुन- पूर्व मिस टीन नेपाल खुश्वु ओली । सन् २००७ की मिस टीन ओली अहिले एक एनजिओ चलाएर बसेकी छिन् ।
प्रहरीले उनको घरबाट चरीले प्रयोग गर्ने गाडीसमेत बरामद गरेको थियो ।

बुधबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेकी ओलीले आफुलाई मन पराउने एक ब्यक्तिले पुलिस अफिसरको सहयोगमा दिनेशको हत्या गरेको दावी गरेकी थिइन् ।

ती ब्यक्तिलाई आफुले भाउ नदिएपछि पचास लाख खर्च गरेर भए पनि चरीको हत्या गर्ने धम्की दिएको उनको दावी थियो । आज एमाले सभासद्हरुले उनकै दावीमा टेकेर संसदमा बोलेका हुन् ।

के भनेकी थिइन ओलीले त्यहाा हेर्नुहोस् भिडियो-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment