Comments Add Comment

राष्ट्रपति यादवले शीतल निवासमा रुख रोपे

rambaran
२३ साउन, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति कार्यालयको हाताभित्र शुक्रबार बिहान वृक्षरोपण गरेका छन् ।

वातावरण संरक्षणका लागि वृक्षरोपण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । वृक्षरोपण कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा, प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, वन तथा भूसंरक्षणमन्त्री महेश आचार्य, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सिँचाइमन्त्री एनपी सावदलगायत विशिष्ट व्यक्तिहरुको सहभागीता थियो ।

२०७१ देखि २०८० को दशकलाई वन दशक घोषणा भए अनुसार वन तथा भूसंरक्षण मन्त्रालयलेे वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment