Comments Add Comment

युवा अपाङ्ग संगठनलाई एभरेष्ट बैंकको सहयोग

Everest-Bank
२२ साउन काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गराउन सक्रिय संस्था ‘युवा अपाङ्ग संगठन-नेपाल’ लाई टिसर्ट प्रदान गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संगठनका अध्यक्ष प्रकाश श्रेष्ठलाई टिर्सट हस्तान्तरण गरे । ‘युवा वर्ग देशका स्तम्भ हुन् त्यसैले शारिरीक अशक्तता भएका व्यक्तिहरुलाई हामीले सहयोग र उत्प्रेरणा दिएका हौं’ अहलुवालियाले बताए ।

बैंकका हाल ५२ वटा शाखा, ५ एक्सटेन्सन काउन्टर, २३ राजस्व संकलन काउन्टर र ७२ एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment