Comments Add Comment

श्रीमतीलाई झुक्याएर सम्बन्धविच्छेद !

२३ साउन, सुर्खेत  । सुर्खेत वीरेन्द्रनगर-८ का एक युवकले ६ महिनाकी छोरी भएकी श्रीमतीलाई झुक्याएर सम्बन्धविच्छेद गरेका छन् । वीरेन्द्रनगर-८ शङ्कर चोक नजिकै घर भएका गोविन्द गौतमले श्रीमती शर्मिला पोख्रेल (गौतम) लाई झुक्याएर सम्बन्धविच्छेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी परेको हो ।

सुर्खेत निवासी भएपनि गौतमले जिल्ला अदालत, बाँकेबाट शर्मिलालाई झुक्याएर सम्बन्धविच्छेद गरेको उजुरीमा उल्लेख गरिएको छ । सुरुमा सम्बन्धविच्छेदबारे थाहा नै नदिई सम्पूर्ण कागजात तयार गरी अदालतमा उपस्थित गराई जबर्जस्ती एक्लै पारेर सम्बन्धविच्छेद गरेको पीडित शर्मिलाले बताउनुभयो । शर्मिलाका अनुसार गौमले यसअघि नै सबै कागजात तयार गरिसकेको र उनलाई गत असार २९ गते सुर्खेतबाट जबर्जस्ती बाँके पुर्‍याएर ३१ गते अदालतबाट सम्बन्धविच्छेद गरेका थिए ।

सम्बन्धविच्छेद गर्दा शर्मिलाले नै सम्बन्धविच्छेद गर्न माग गरेको उल्लेख गराइएको छ तर शर्मिलाले आफूले कहिल्यै पनि सम्बन्धविच्छेदको कुरा ननिकालेको बताइन् । सम्बन्धविच्छेद हुने बेलासम्म गौतमसँग सम्बन्ध पनि नबिग्रिएको तर एक्कासी झुक्याएर सम्बन्धविच्छेद गराइएको शर्मिलाको भनाइ छ । गौतमले शर्मिलालाई अंशस्वरुप रु सात लाख दिने र छोरी एकता ६ महिनाको मात्रै भएकाले आमाकै संरक्षणमा रहने सहमतिमा सम्बन्धविच्छेद भएको छ । शर्मिलाको घर वीरेन्द्रनगर-८ मा भएपनि कोहलपुर-३ मा कोठाभाडामा बस्ने भनी उल्लेख गरिएको पाइएको छ ।

यसबाहेक गौतमले शर्मिलालाई घरबाट बाँके लैजाँदा गौतमले सुरुमा मनकामना जाने भनेको शर्मिलाले बताइन्। बाँकेका अधिकारकर्मी र आफन्तसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दर्ता गर्न आएकी शर्मिलाले आफूलाई झुक्याएर सुर्खेतबाटै वकिल लिएर बाँके जिल्ला अदालतमा जबर्जस्ती सम्बन्धविच्छेद गर्न बाध्य बनाएको बताइन् ।

गौतम र शर्मिलाबीच विसं २०६९ फागुन १५ गते मागी विवाह भएको थियो । विवाह भएको एक वर्ष नपुग्दै २०७० माघ-५ गते उनीहरुको छोरीको जन्म भएको थियो । सम्बन्धविच्छेद गरिसकेपछि गौतमले दाइजो पनि माइतीलाई फिर्ता गरिदिएका छन् । गौतम सुर्खेतका कहलिएका जग्गा कारोबारी हुन् । उनले धनकै आडमा यस्तो गरेको हुनसक्ने शर्मिलाका आफन्तले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment