Comments Add Comment

उपसचिव कोमानन्द अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

२३ साउन, काठमाडौं । घुस लिएको आरोपमा विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकाश आयोजनाका प्रमुख उपसचिव कोमानन्द अधिकारीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

शहरी विकाश मन्त्रालय अन्तर्गतको शहरी विकाश भवन निर्माण विभागको विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकाश आयोजनाका प्रमुख अधिकारी र ईन्जिनियर दीपा श्रेष्ठले काठमाडौंस्थित महांकाल क्षेत्रको जगन्नाथ तथा लोकेश्वर मन्दिर परिसर निर्माण तथा सुधार कार्यको अन्तिम भुक्तानीको सिलसिलामा ४० हजार घुस लिएको अख्तियारले जनाएको छ ।

जनही ४० हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा ३(१) तथा ३(१) (घ) द्वारा व्यवस्थित हदैसम्मको सजायको मागदावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment