यदि तपाई सेलिब्रेटी हुनुहुन्छ र फेसबुकमा भेरिफाइड पेज छ भने तपाइले फेसबुकको नयाँ ऐप मेन्सन्स प्रयोग गर्न सक्नु हुनेछ । यो ऐप हाल एप्पल स्टोरमा मात्र उपलब्ध छ ।
मेन्सन्सको वेबसाइटका अनुसार मेन्सन्सको माध्यमबाट फिल्म स्टार, खेलाडी, संगीतकार र अन्य सेलिब्रेटीहरु फेसबुकमा एकअर्कासँग जोडिन सक्नेछन् र कुरानकानी गर्न सक्नेछन् ।
एप स्टोरमा दिइएको जानकारीअनुसार सेलिब्रेटीहरुले यो एपमा विभिन्न सुविधा पाउनेछन् ।
जस्तै–
–फ्यान कति छन् भन्ने थाहा हुनेछ–कुराकानी गरिरहेका मानिसहरुसँग सिधा सम्बाद गर्न सकिनेछ ।
–आफ्ना कुरा भन्न सकिनेछ, अपडेट, शेयर गर्न सकिनेछ र आफ्नो फोनबाट फोटो, भिडियो अपलोड गर्न सकिनेछ । मोबाइलबाट फ्यानहरुसँग लाइभ प्रश्न उत्तर गर्न सकिनेछ ।
–कुराकानीमा सहभागी हुन सक्नुहुनेछ । के ट्रेन्ड छ सहजै थाहा पाउन सकिनेछ र आफ्ना कुराहरु आफ्नै आवाजमा दिन सकिनेछ ।
गत महिना अमेरिकामा लन्च भएको यो ऐप अब ४० देशमा लन्च भएको छ । यो फेसबुक क्रिएटिभ ल्याबको दोस्रो उत्पादन हो । यसअघि न्यूज रिडर एप पेपर बनाएको थियो ।
प्रतिक्रिया 4