Comments Add Comment

आर्थिक विकासको अधिकारलाई प्राथमिकता दिन आग्रह

२५ साउन काठमाडौं । राष्ट्रिय व्यवसायिक पहलले राष्ट्रिय मानव अधिकार आयोगलाई आर्थिक विकासको अधिकारमा जोड दिन आग्रह गरेको छ । पहलका अध्यक्ष पद्य ज्योतिको नेतृत्वको उद्योगी-व्यवसायीहरुको टोलीले अयोगका कामु सचिव वेदप्रसाद भट्टराईलगायतसँग भेट गरी यस्तो आग्रह गरेको हो ।interaction

सो अवसरमा आर्थिक विकासका अधिकारमा जोड दिनुपर्ने र संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट मानव अधिकारलाई नेपाली औद्योगिक व्यवसायिक क्षेत्रमा प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो । द्वन्द्वकालीन परिवेशमा उच्च नागरिक दबाबका बीच गठन भएकोले आयोगबाट नागरिक तथा राजनीतिक अधिकारको क्षेत्रमा बढी कामहरु भएको भट्टराईले जानकारी दिए । शान्ति प्रक्रिया पश्चात मात्र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका क्षेत्रमा आयोगले काम गरेको उनले बताए ।

मानव अधिकारसंग निजी क्षेत्रको दोहोरो सम्बन्ध रहेहो पहलका अध्यक्ष ज्योतिले बताए । सम्पत्तिको अधिकार, आर्थिक गतिविधिको अधिकार, विकासका अधिकार पनि मानव अधिकार भएकाले मानव अधिकारलाई सम्मान नगरि कुनै पनि उद्योगी-व्यवसायीले असल व्यवसायिक अभ्यास गर्न सम्भव नभएको उनले बताए ।

पहलका महासचिव सुरेन्द्रवीर मालाकारले थुप्रै प्रयासका बावजूद पनि राज्यले निजी क्षेत्र मैत्री प्रवधानहरु ल्याउन आनाकानी गरेमा जनताको आर्थिक अधिकारहरु हनन भएको ठहर गरी आयोगले राज्यको ध्यानाकर्षण गर्नुपर्ने बताए । खासगरी ठूला परियोजनाहरुमा बन्द, हड्ताल, अवरोध हुँदा त्यसले मुलुकको विकास एवं रोजगारी सिर्जनामा पार्न सक्ने असरलाई मध्यनगर गरी त्यस्ता गतिविधिहरुबाट मानव अधिकारको उल्लंघन भए नभएको मूल्यांकन गर्न अयोगलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment