Comments Add Comment

बाबुराम पक्षद्वारा दाङमा समानान्तर कमिटी गठन

निमुसंगम घर्ती

२५ साउन, दाङ । एकीकृत नेकपा माओबादीका नेता डा. बाबुराम भटराई पक्षले दाङमा समानान्तर कमिटी गठन गरेको छ । भट्टराईले अघि सारेको नयाँ शक्तिको अबधारणालाई गाउँ तहसम्म पुर्‍याउनका लागि भन्दै भटराई पक्षले समानान्तर जिल्ला कमिटी गठन गरेको हो ।

थारुवान राज्य समितिका सचिवालय सदस्य धिरज शेर्पाइलीको संयोजकत्वमा जिल्लास्तर, गाउँदेखि क्षेत्रसम्म नयाँ शक्ति प्रबाहिकरण कमिटी गठन गरेको हो । पार्टीका नेताहरुको आचरण, व्यवहारमा नयाँपन नआउँदा अधोगतिमा गएको पार्टीलाई नयाँ बनाउने, पुरानो माक्र्सबादी चिन्तनलाई समय सापेक्ष बनाउने र पूँजीवादमा प्रबेश गरेको नेपाली समाजलाई नयाँ तरिकाको पूँजीबादी क्रान्तितर्फ उन्मुख बनाउने गरी भटराई पक्षले अभियान चलाएको जिल्लास्तरीय नेता गणेश वलीले बताए ।

नयाँ शक्तिका विषयमा जनताहरुलाई जानकारी गराउन क्षेत्र नम्बर-१ मा नरेन्द्रमान केसी र रामलाल खनाल संयोजक रहेको नयाँ शक्ति बिचार समुह गठन गरिएको जनाएको छ । यस्तै क्षेत्र नम्बर २ मा रमेश हिताङगी, प्रमोद मगर र संगम, ३ नम्बरमा आँधी र महेश मल्ल, ४ नम्बरमा ध्रुब आचार्य, कृष्ण बैरागी र आकाश डाँगी र क्षेत्र नम्बर ५ मा महेश वली र गोविन्द भण्डारीलाई संयोजक तोकिएको नेता वलीले बताए ।

उनीहरुले नयाँ शक्तिका बारेमा गाउँ तहसम्म पुर्‍याउने, गाउँमा पनि कमिटी वनाउने, पार्टी भन्दा बाबुरामको बिचारलाई प्रबाह गर्ने योजना रहेको अर्का एक नेताले बताएका छन् ।

यसैवीच कारबाहीमा परेका भट्टराई समुहका दुई केन्द्रीय सदस्यको कारबाही फिर्ता लिन माग गर्दै भटराई समुहले जिल्लामा पत्रकार सम्मेनल गरेको छ । प्रचण्ड पक्षले पार्टीलाई फुटाउन कारबाहीको नाटक गरेको उसले आरोप समेत लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment