Comments Add Comment

सरकार परिवर्तनको कुरा बेमौसमको बाजा : केसी

२५ साउन, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिलेको मूख्य काम संविधान लेखन भएको भन्दै सरकार परिवर्तनको कुरा बेमौसमको बाजा भएको बताएका छन् । उनले सरकारले सोचे अनुरुपको काम गर्न नसकेपछि सरकार परिवर्तनको खेलमा लाग्दा संविधान लेखनमा अवरोध उत्पन्न हुने भएकाले कोही पनि त्यसतर्फ लाग्न नहुने बताएका हुन् ।Arjun Narsingh kc

रिपोर्टर्स क्लब नेपालले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा केसीले भने,’सरकारले सोचेअनुरुपको काम गरेको छैन् । मन्त्रीहरुले राम्रो काम गर्न सकेका छैनन् । उहाँहरुले स्वेच्छाचारी ढंगले काम गरेकोले त हामीले खुलेरै आलोचना गरेका छौँ । ‘ केसीले संविधान जारी नभएसम्म सरकारको विकल्प खोज्न नहुने बताए ।

यद्धपी केसीले काँग्रेसले एमालेसँग राष्ट्रपति, उपराष्ट्रपतिको संसदबाट अनुमोदन गर्ने भनेर नै ७ बुँदे सहमति गरेको बताउँदै सत्तारुढ दल एमालेसँग देखिएको विवाद जसरी पनि मिलाएर सहमतीका साथ सहकार्य गर्नुपर्ने बताए । उनले भने-त्यतिखेर सम्झौता गर्नु नै गलत थियो, अब ७ बुँदे सहमति कार्यन्वयन गरेर जानुको विकल्प छैन् ।

केसीले पार्टी सभापति सुशील कोइरालाले ७ महिनादेखि केन्दि्रय कार्यसमितिको बैठक नबोलाएकोमा आपत्ति प्रकट गरे । केसीले पार्टी सभापतिले प्रधानमन्त्री बन्नु अगाडी केवल औपचारिकताका लागि मात्रै केन्दि्रय समितिको बैठक राखेको र ७ महिना वितिसक्दा पनि कार्यसमितिको बैठक नबोलाएर प्रजातन्त्रिक प्रक्रियामा पार्टीलाई अगाडी नबढाएकोमा रोष व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले पनि संविधान जारी नहुन्जेलसम्म सरकार परिवर्तनको कुरा गर्नु उचित नहुने बताए । राणाले आफ्नो पार्टी पनि सरकारमा सहभागी भएकोले अहिले नै गठबन्धन तोड्ने पक्षमा नलागेकोे प्रष्ट पारेका छन् । उनले समयमै संविधान जारी गर्नु नै अहिलेको मूख्य दायित्व रहेकोले पनि सरकार परिवर्तनको खेलमा कोही पनि लाग्नु नहुने बताएका हुन् ।

यद्धपी राणाले सरकारको कामकारवाही भने सन्तोषजनक नभएको स्पष्ट पारेका छन् । उनले भने,’अहिलेसम्म २६ जना सभासदको मनोनयन हुन सकेको छैन्, राजदूतहरुको नियुक्ति गर्न सकेको छैन् । त्यसैले सरकार जुन ढंगले चल्नुपर्ने थियो त्यो ढंगले चल्न सकेको छैन् । आगामी दिनमा सरकारले अझै गति बढाउनुपर्छ । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment