Comments Add Comment

वलिउडमा कसको पढाइ कति ?

salman-sarukh-dipika

मुम्बई । शिक्षामन्त्रीमा नियुक्ति भएलगत्तै कलाकार स्मृति इरानी शैक्षिक योग्यताकै कारण विवादमा परिन् । उनले आफुसंग अमेरिकाको एल युनिभर्सीटिको सर्टिफिकेट भएको दाबी गरिरहँदा कांग्रेसआईका नेताहरुले उनको ईमान्दारीताको विषयमा प्रश्न समेत उठाए । उनले कम पढेको विषयमा अहिले पनि विभिन्न टिका टिप्पणी हुने गरेको छ, भारतीय समाजमा ।

राजनितीमा मात्रै होईन । हरेक क्षेत्रमा केही यस्ता मान्छे छन् जसले कम शैक्षिक योग्यता भएर पनि आफ्नो उच्च क्षमता प्रस्तुत गरेका छन् । अभिताभ बच्चन, विद्या वालान, अमिषा पट्टेल, पि्रति जिन्टा जस्ता उच्च शिक्षा हासिल गरेका कलाकार मात्रै छैनन् बलिउडमा । करिना कपुर र दिपिका पादुकोण जस्ता करिअर बनाउने क्रममा पढाई छाडेकाहरुले पनि राम्रै गरेका छन् ।

बंैग्लोरको माउण्ट कार्मल कलेजमा पढ्दा पढ्दै मोडलिङमा लागेकी दिपिकाले करिअरकै कारण पढाई छाडेकी थिईन् । पछि उनले घरमै बसेर स्नातक गर्ने योजना बनाए पनि पूरा हुन सकेन ।

अभिनेता शाहरुख खान दिल्लीको प्रसिद्ध कलेज हंशराजका विद्यार्थी हुन् । अर्थशास्त्रमा स्नातक गरेपछि उनले जामिया मिलिया ईस्लामिक कलेजमा  मास कम्युनिकेशनमा स्नातकोत्तरका लागि भर्ना भएका थिए, ब्यस्तताकै कारण पूरा गर्न पाएनन् ।

स्कुल पढ्दैदेखि अमिर खानको दिमागमा अभिनयको भूत चढेको थियो । स्कुलको पढाई केही होईन । जे गर्नुछ अभिनयमै गर्नुपर्छ भन्ने मान्यता राख्थे उनि । प्लस टु पढ्दा पढ्दै अभिनय सुरु गरेका अमिर त्यसपछि कलेज फर्केनन् । ग्वालियरको सिन्धिया स्कुल पढेका सलमान खानले कलेज जीबनमा तीनवटा कलेजमा भर्ना भए । पछिल्लो पटक बान्द्रा स्थित नेशनल कलेजमा भर्ना भएका सलमान पनि पढाईलाई निरन्तरता नदिने नायकका रुपमा चिनिन्छन् ।

कलेज पढ्दैताक टेलिभिजनमा काम गर्थिन विद्या वालान । करिअरकै कारण पढाई छोडिनन् उनले । सेन्ट जेभियर कलेजवाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् उनले । पछिल्लो पुस्ताका पढेका कलाकार मध्ये अर्का हुन् जोन अब्राहम । मुम्बईको जय हिन्द कलेजवाट स्नातक गरेका जोनले मुम्बई एजुकेशनल ट्रष्टवाट एमबीए गरेका छन् । स्कुलको पढाईसके लगत्तै फिल्ममा प्रवेश गरेकी थिईन् आलिया भट्ट । सन २०१२ मा निर्माण भएको ‘स्टुडेन्ट अफ द ईयर’ वाट फिल्ममा प्रवेश गरेकी आलियाले पनि त्यसपछि कलेज जाने समय पाएकी छैनन् ।

क्याटरिना कैफको बालापन १८ मुलुकमा घुमेरै बित्यो । लगातार ट्राभलिङको कारण उनले कहिल्यै स्कुल पढन पाईनन् । घरायशी शिक्षकको सहायताले घरमै पढेकी क्याटरिना १४ वर्षको उमेरमा मोडलिङमा प्रवेश गरिसकेकी थिईन् । प्रारम्भको पढाई लखनउमा गरेकी पि्रयंका चोपडाले प्लटु अध्ययन अमेरिकावाट गरेकी छिन् । जय हिन्द कलेजमा भर्ना भएकी पि्रयंकाको पनि स्नातक गर्ने योजना अभिनयले तुहाईदियो ।

स्कुल पढ्दा कहिल्यै अभिनयको वारेमा नसोचेकी सोनाक्षी सिन्हाले मुम्बईको श्रीमाठी नाठीबाई दामोदर ठाकरे ओमन युनिभर्सिटीवाट फेशन डिजाईनमा स्नातक गरेकी छिन् । बम्बे स्कटिङ स्कुलको पढाई सकेपछि एचआर कलेज भर्ना भएका रणबीर कपुरले पढाईलाई विचमै छाडेर अभिनय पढ्नका लागि न्युयोर्क गएका थिए । न्युयोर्कवाट फर्किए लगत्तै अभिनय सुरु गरेका रणबीरसंग पनि कलेज फर्किने समय छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment