Comments Add Comment

कर्मचारीलेनै लुटे कुरियरका सामान र चिठीपत्र

२९ साउन, काठमाडौं । एनेकपा माओवादी समर्थित मजदूरले एकमुष्ट ५ हजार रुपैया तलब बृद्धिको माग राख्दै आन्दोलन गरेपछि देशभरको कुरियर सेवा ठप्प भएको छ । कुरियर सेवा बन्द भएपछि महत्वपूर्ण चिठीपत्र आदानप्रदान रोकिनुको साथै सामानहरु थन्किएर सर्वसाधारण समेत त्यसको मारमा परेका छन् ।

एमाओवादी सम्बद्ध अखिल नेपाल संघ संस्था तथा वैंक वित्तीय श्रमिक संघ कुरियर तथा कार्गो सेवा संघर्ष समितिले १० बुँदे माग राखेर आन्दोलन थालेको छ । कर्मचारीका अधिकांश माग पूरा भए पनि खाइपाइ आएको तलबमा एकमुष्ट ५ हजार रुपैीया बढाउनुपर्ने मागमा सहमत हुन नसकिएको नेपाल कुरियर सेवा संघका महासचिव दुर्गाप्रसाद सुवेदीले विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् ।

आन्दोलनकारीले बिभिन्न कम्पनीहरुमा बुकिङ गरिएको उपभोक्ताका महत्वपूर्ण सामानहरु लुट्ने तथा तोडफोड गरिएको भन्दै संघले आपत्ति जनाएको छ । आन्दोलनका कारण डोमेस्टिक तथा अन्तर्राष्ट्रिय कार्गो समेत ठप्प भएका छन् । तलबको सम्बन्धमा संघ, टे्रड युनियन र सरकारबीच हुने दुई वर्षे सम्झौता पूर्ण रुपमा कार्यन्वयन भएकाले दुई वर्ष नपुगेसम्म बढाउन नसकिने संघले प्रष्ट पारेको छ ।

प्रतिष्ठानस्तरमा आपसी सहमतिमा क्षमता अनुसार तलब बढाउन सकिने महासचिव सुवेदीले बताए । कुरियर क्षेत्रमा कार्यरत कर्मचारीले कम्तिमा ८ हजार तलब पाइरहेको र श्रम ऐनले दिएका सबै सुबिधा पाएको संघले जनाएको छ । संघले आन्दोलन छाडेर वार्तामा आउन कर्मचारीलाई आग्रह गरेको छ ।

विज्ञप्ति हेर्नुस् :

press-realease

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment