Comments Add Comment

एआइजीमा ९ जनाको बढुवा, दुई दरबन्दी थपिए

३० साउन, काठमाडौं । सरकारले रिक्त रहेका ७ दरबन्दीमा दुईवटा दरबन्दी थप गरी ९ जना डीआइजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद बैठकले महिनौंसम्म रहँदै आएको विवादलाई टुंगो लगाउँदै डीआइजीहरुको बढुवा गरेको हो । बढुवा पुनरावलोकन समितिले अयोग्य ठहर्‍याएकालाई दुईजनालाई समेत दरबन्दी एआइजी बनाइएको छ ।

डीआइजीबाट एआइजीमा बढुवा हुनेहरुमा राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, नारायण बस्ताकोटी, गणेश राई, रमेशशेखर बज्राचार्य, वीरेन्द्रबाबु श्रेष्ठ र केदारप्रसाद साउद छन् ।

गृहसचिव सूर्य सिलवालको नेतृवमा रहेको बढुवा समितिले बस्ताकोटी र गणेश राईबाहेक अन्य ७ जनालाई बढुवा गर्न सिफारिस गरेको थियो । तर, लोकसेवा आयोगकी प्रमुख कोयोदेवी यमीको पुनरावलोकन समितिले बज्राचार्य र साउदको नम्बर नपुगेको भन्दै उनीहरुलाई हटाएर बस्ताकोटी र राईको नाम थप गरेको थियो ।

विहीबार रातिसम्म बसेको क्याबिनेट बैठकमा गृहमन्त्री वामदेव गौतमले पुनरावलोकन समितिको सिफारिस नमान्ने बताएपछि मुख्यसचिव लीलामणि पौडेल र मन्त्री गौतमवीच लामो विवाद भएको स्रोतले बतायो ।

विवाद नसुल्भिmएपछि प्रधानमन्त्री सुशील कोइरालाले दुई एआइजीको दरबन्दी थप गरी ९ जनालाई नै बढुवा गर्न प्रस्ताव गरेपछि दुई दरबन्दी थपी पुनरावलोकन समितिले अयोग्य ठहर्‍याएकालाई पनि एआएजी बनाइएको हो ।

केही मन्त्रीहरुले भने बैठकमा १३ जना डीआइजीलाई नै दरबन्दी थपेर एआइजीमा बढुवा गर्न माग गरेका थिए । लामो समयदेखि अवरुद्ध हुँदै आएको एआइजी बढुवा प्रकरणमा यसअघि सिफारिसमा नपरेका १३ मध्ये बाँकी डीआइजीहरुले यसअघि नै अदालतको ढोकासमेत ढक्ढकाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment