Comments Add Comment

मनिषा कोइराला बन्ने भइन् मीनाकुमारी

manish
दायाँ मनिसा, बायाँ मीनाकुमारी

क्यान्सरबाट मुक्ति पाएपछि पुनः बलिउड फर्किने अबसरको खोजीमा रहेकी नायिका मनिषा कोइरालालाई ‘मीनाकुमारी’को भूमिका मिलेको छ ।

५० र ६० को दशकमा चर्चित भारतीय अभिनेतृ मीनाकुमारीमाथि बन्न लागेको फिल्ममा मनिषा मीनाकुमारीको भूमिकामा देखिनेछिन् ।

शशिलाल नायरको निर्देशन र मीनाकुमारीकै झड्केलो छोराको निर्माणमा बन्न लागेको फिल्ममा मनिषालाई मुख्य भूमिकामा प्रस्ताव गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

निकै पहिले मनिषाले एडल्ट फिल्म ‘एक छोटी सी लव स्टोरी’मा काम गरेकी थिइन् । फिल्मका बिषयमा नायर र मनिषावीच भएका बिबादहरु बाहिर आएका थिए ।

अमेरिकामा क्यान्सरको उपचार गराएर फर्किएपछि मनिषा यतिबेला मुम्बईमा ‘कमब्याक’को प्रतिक्षामा छिन् । उनले एक टीभी सोसमेत संचालन गर्न लागेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
‘ट्रेजेडी क्वीन’का रुपमा चिनिने मीनाकुमारीले आफ्नो अभिनय यात्रामा करिव ९० वटा फिल्ममा अभिनय गरेकी थिइन् । ३० बर्षको फिल्म करियरमा मीनाकुमारीले निकै लोकपि्रय र ऐतिहासिक फिल्ममा अभिनय गरेकी थिइन् ।

उनी फिल्ममा जति दुःखी भूमिकामा देखिन्थिन, उनको वास्तविक जीवन पनि त्यति नै उतारचढावपूर्ण थियो । समस्याग्रस्त प्रेमसम्बन्धका कारण पछिल्लो समयमा उनी अक्सर मदिराको नशामा डुवेकी हुन्थिन् । अधिक मदिरा सेवनकै कारण सन् १९७२ मा उनको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment