Comments Add Comment

दाङमा बबईले विनास मच्चायो, पाँचको मृत्यु

Babai-Badi

निमुसंगम घर्ती

३० साउन, दाङ । अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी दाङमा पाँच जनाको मृत्यु भएको छ भने बबई नदीले सयौं घर डुवानमा परेको छ ।

वर्षाका कारण घर भत्किँदा पश्चिम दाङको पुरन्धारा-९ गंगटेमा आमा छोरीको मृत्यु भएको छ । २७ बर्षीया देउकला कुँवर र उनकी ६ बर्षीया छोरी गंगा कुँवरको च्यापिएर मृत्यु भएको हो । परिवारका अन्य भने भागेर ज्यान जोगाउन सफल भएका प्रहरीले बताएको छ ।

यस्तै बबई नदीमा आएको बाढी उरहरी-६ मोतीपुर बस्तीमा पस्दा घर भत्किएर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ६० बर्षीय खुसीराम चौधरी र उनकी श्रीमती रहेको दाङका प्रहरी प्रमुख एसपी शरदकुमार खत्रिले जानकारी दिए । बाढीले एक सय बढी घर टहरा भत्किएको छ ।

यसैगरी बबई नदी डुरुवा-१ गनारीमा पस्दा २५ वर्षीया उर्मिला भुजेलको डुबेर मृत्यु भएको छ । बाढी बस्तीमा पसेपछि स्थानीयबासी टापुमा गएर बसेका छन् ।

उरहरी-६ बेल्टाकुरामा ५० जना उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । बबई नदी गाउँमा पस्दा फुलवारी-६ बखरीयाका ४२ घर गोठ बगाएको छ । बाढीमा फसेका २५ जनालाई शकुसल उद्धार गरिएको स्थानीय देवीराम कुसारीले जानकारी दिए ।

बाढीले उच्च जोखिममा रहेका नागरिकलाई उद्धार गर्न सुरक्षा निकायले नसक्ने भएपछि हेलिकप्टर मगाउने तयारी भएको प्रहरी प्रमुख एसपी खत्रीले जानकारी दिए । ‘तर, अहिले सदरमुकाम घोराहीबाट सुरक्षाकर्मीहरु कुनै पनि घटनास्थलमा जान सकेका छैनन्-उनले भने ।

बबईमा आएको बाढीले धर्ना, सौडियार, उरहरी, फुलबारी, गोल्टाकुरी, डुरुवा, श्रीगाउँ, पन्चकुले, धनौरी गाविस, घोराही नगरपालिका र देउखुरीका अधिकांश गाउँहरुमा गरी सैयौं घरहरु डुवानमा परेका छन् । त्यहाँका नागरिकहरुलाई सुरक्षित स्थानमा सार्ने काम भरहेको प्रहरीले बताएको छ ।

बर्षापछि पहिरो खस्दा घोराही-होलेरी, तुलसीपुर-सल्यान, तुलसीपुर-अमेलिया, घोराही-मुर्कुटी, घोराही-लमही सडक खण्ड अवरुद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment