Comments Add Comment

७ बुँदे सहमतिबारे कांग्रेस-एमालेको विवाद समान्यः देउवा

३० साउन, कैलाली । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सरकार सञ्चालनमा एमाले र कांग्रेसबीच देखिएको विवाद सामान्य भएको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले शुक्रवार बिहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले दुई दलको विवादले सरकार परिवर्तन गर्ने सम्भावना भने नरहेको स्पष्ट पारे ।

देउवाले सरकार निर्माणका बेला भएको सातबुँदे सहमतिमा राष्ट्रपतिलाई हटाउने सहमति नभएकाले त्यस विषयमा विवाद गर्न नहुनेमा जोड दिए । संविधान निर्माणका लागि दलहरुबीच छलफल भइरहेकाले समयमै संविधान जारी गरिने उनले दावी गरे ।

एक प्रश्नको जवाफमा नेता देउवाले कांग्रेस केन्द्रीय समितिको बैठक सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य अवस्थाका कारण प्रभावित भएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment