३० साउन, काठमाडौं । महोत्तरीको जलेश्वरमा बजाजले सेल्स, सर्भिस र स्पेयर्स पार्टससहितको सुविधासम्पन्न शो-रुम खोलेको छ । ओम अटो सेन्टर नामक उक्त शो-रुमको एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले उद्घाटन गरे ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्दले ग्राहकहरुको सुविधाका लागि आफ्नो सेवा विस्तार गरिरहेको छ । कम्पनीले आफ्ना ग्राहकहरूलाई उच्च गुणस्तरको सेवा उपलब्ध गराउन तत्पर रहेको प्रतिवद्धता समेत जाहेर गरेको छ ।
जलेश्वरमा शो-रूम खोल्न पाउँदा निकै खुसी भएको एचएच बजाजका कार्यकारी निर्देशक गोल्छाले बताएका छन् । ‘हामी निरन्तर रूपमा देशभरिका ग्राहकहरुका लागि आफ्ना सेवाहरू हरसमय प्रदान गर्न प्रतिबद्ध छौं, यस कार्यका लागि हामीले पाएको सकारात्मक प्रतिक्रियाले हामीलाई हाम्रो गुणस्तरीय सेवाहरूलाई अझै विस्तार गर्दै ग्राहकहरुलाई सेवा प्रदान गर्न प्रोत्साहन गरेको छ । यस शोरूमबाट ग्राहकहरूले गुणस्तरीय सेल्स्, सर्भिस र स्पेयर्सको सेवा प्राप्त गर्न सक्नेछन्’ गोल्छाले भने ।
शो-रुम उद्घाटनको उपलक्ष्यमा ओम अटो सेन्टरले आफ्ना ग्राहकहरुको लागि आकर्षक उपहार समेत घोषणा गरेको छ ।
प्रतिक्रिया 4