Comments Add Comment

घुस खाने कर्मचारी तह लगाउन सीसी क्यामेरा

cctv

३१ साउन, बिराटनगर । मोरङका सरकारी कार्यालयहरुमा धमाधाम सीसी क्यामेरा जडान गर्ने कार्य शुरु भएको छ । कार्यालयमा काम नगर्ने र घुस खाने कर्मचारीहरुको निगरानीका लागि क्यामेरा जडान गर्न लागिएको सरकारी अधिकारीले बताएका छन् ।

सेवाग्राहीको विषेश भीडभाड हुने सरकारी अड्डाहरुमा सीसी क्यामेरा राख्ने कार्यलाई प्राथमिकता दिइएको छ । सीसी क्यामेरा जडान गरिएका सरकारी कार्यालयमा भए गरेका गतिविधिलाई सम्वन्धित कार्यालय प्रमुखले सहजरुपमा हर्न सकिने भएपछि कार्यालयमा सीसी क्यामेराको प्रयोग बढ्न थालेको सरोकारवालाको भनाइ छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी भीमराज पोख्रेलले क्यामेरा जडान गरिएका सरकारी कार्यालयमा दैनिक प्रशासकीय कार्य छिटो र छरितो हुने गरेको बताए ।

पोखरेलले भने- सेवाग्राहीको कामप्रति कर्मचारीको पनि लगनशीलता बढेको छ, जसले गर्दा काम लिएर कार्यालयमा आएका सेवाग्राहीहरुमा पनि काम गर्ने कुरामा ढिलासुस्ती कम हुने जनविश्वास बढेको छ ।

बिराटनगरमा विषेश सेवाग्राहीको भीड रहने, राजस्व, जिल्ला प्रशासन, उपमहानगरनगरपालिका, मालपोत र जिल्ला अदालत लगायतका एक दर्जन बढी सरकारी कार्यालयमा सीसी क्यामेरा जडान गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

यसअघि बैंक वित्तीय संस्था तथा सुरक्षा निकायहरुमा सीसी क्यामेराको माध्यमबाट आन्तरिक सुरक्षाको निगरानी गरिँदै आएको थियो ।

बैंकमा सुरक्षा प्रयोजनका लागि क्यामेरा फिट गरिए पनि सरकारी कार्यालयमा कर्मचारीको निगरानीका लागि सीसी क्यामेरा राखिएको प्रशासनका अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment