Comments Add Comment

स्थानीय निकायको निर्वाचन सम्भव छ : सिंह

३१ साउन, चितवन । उपप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले माघ ८ गतेअघि नै स्थानीय निकायको निर्वाचन सम्भव रहेको बताएका छन् ।

भरतपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री समेत रहेका सिंहले स्थानीय स्वायत्त शासन ऐन संसद्बाट संशोधन भइसकेकाले निर्वाचन प्रक्रिया अघि बढ्ने बताए ।

राजनीतिक सहमति जुटाएर निर्वाचनको मिति तय गर्ने भन्दै उनले स्थानीय निकायको निर्वाचनमा सबै दल सहभागी हुने विश्वास व्यक्त गरे ।

तोकिएको समयमा नै संविधान बनाउने काम चुनौतीपूर्ण भए पनि तीव्रगतिमा काम अघि बढेको भन्दै उनले भने- ‘कार्यतालिका अनुसार नै काम भइरहेको छ, सबै नेपालीको भावना समेटेर संविधान बन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment