Comments Add Comment

एमालेले पोलिटब्यूरो र स्थायी समिति छान्न सकेन

३१ साउन, काठमाडौं । एमालेको केन्द्रीय कमिटी बैठक जुन एजेण्डाका लागि बोलाइएको थियो, त्यसमा प्रवेश नै नगरी टुंगिएको छ ।

पोलिटब्यूरो र स्थायी कमिटी गठन तथा नेताहरुको बरियता निर्धारणको एजेण्डामा बसेको बैठकमा जति छलफल गरे पनि विवाद नमिलेपछि पछि गर्ने गरी बैठक समापन गरिएको हो ।

CPN_UML_officeबिधानको धारा ३८ अनुसार पोलिटब्यूरो सदस्यको चुनावमा एक पटक केन्द्रीय सदस्य भइसकेकाले मात्र उम्मेदवार बन्ने कि नयाँले पनि पाउने भन्नेमा सदस्यहरु विभाजित भएपछि मूल एजेण्डामा प्रवेश नै नभएको स्रोतले जनाएको छ ।

बैठकले विधानका सम्बन्धमा पार्टी पदाधिकारी तथा बरिष्ठ नेताहरुसँग परामर्श गरी यथाशीघ्र सहमति कायम गरी विधान प्रकाशित गर्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

पोलिटब्यूरो र स्थायी समिति चुनाव हुन नसकेपछि नेताहरुको कार्यविभाजन पनि रोकिएको छ । तत्कालका लागि केन्द्रीय सदस्यहरुले यसअघि सम्हाल्दै आएको जिम्मेवारी सम्हाल्ने, भूगोलबाट निर्वाचित सदस्यले भूगोलको जिम्मेवारी लिने र बाँकी जिम्मेवारीको हकमा सचिवालयले निर्णय गर्ने महासचिव पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment