Comments Add Comment

जग्गा विवादमा झडप, एकको मृत्यु

३१ साउन, इनरुवा । सुनसरीको पश्चिम कुशहा गाविस-२ मा जग्गाको विषयमा दुई समूहबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ ।

परशुराम यादव र भागवत यादव पक्षबीच जग्गाको विषयलाई लिएर भएको झडपमा परी भागवतको मृत्यु भएको हो ।शनिबार बिहान यादव परिवारबीच विवाद भएको र त्यसपछि लाठी र फोर्साले हानाहान भएपछि भागवतको मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक मसउद आलम खाँले जानकारी दिए ।

झडपमा भागवतका भाइ हीरालाल यादव गम्भीर घाइते हुनुभएको छ । हीरालालको टाउकोमा फलामको छडले घोपिएपछि टाउकोमा सातवटा टाँका लगाइएको र थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय रमेश यादवसहित चारजनालाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । घटनापछि परशुराम यादवसहित छजना पीडक फरार रहेको उपरीक्षक खाँले बताए ।

मृतक यादवको शव परीक्षण गरेर परिवारलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पीडित पक्षले पर्शुराम यादव, बाबुनन्द यादव, रमेश यादव, पारस यादव, विकास यादव, रामदत यादव, सियालाल यादवलगायतले घाँटी निमोठेर हत्या गरेको दाबी गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment