Comments Add Comment

चरीका आफन्त र गृहमन्त्री गौतमवीच वार्ता

३१ साउन, काठमाडौं । प्रहरीको कारवाहीमा १० दिनअघि मारिएका डन दिनेश अधिकारी चरीका आफन्तजन र गृहमन्त्री वामदेव गौतमवीच शनिबार साँझ मन्त्रीनिवास पुल्चोकमा भेटवार्ता भएको छ ।

प्रहरीको गोली लागेर मुत्यु भएका चरीको विषयमा छानविन समिति नबनाइए शव नउठाउने बताउँदै आएका आफन्तहरुले मन्त्रीनिवास पुगेर ‘छानविन समिति बनाइदिनोस्, हामी दाहसंस्कार गर्छौं’ भन्ने अनुरोध गरेका थिए ।

यो पनि पढ्नुस् : सात गोलीले चरीको फोक्सो, कलेजो र मुटु छेडेको पोष्टमार्टम रिपोर्ट

शिक्षण अस्पतालमा राखिएको चरीको शव पोष्टमार्टम गरिएकै दिन आफन्तहरु गृहमन्त्रीलाई भेट्न निवासमा पुगेका हुन् । टोलीमा धादिङ क्षेत्र नं १ का एमाले सभासद धनबहादुर घलेको समेत सहभागिता थियो । तर, आफूलाई चरीको प्रेमी एवं परिवारकै सदस्य बताउने खुश्बु वली भने टोलीमा थिएनन् ।

धादिङ क्षेत्र नं १ का पार्टी उपसभापतिसमेत रहेका चरीको सहायताले घलेले निर्वाचन जितेको हुनाले उनले परिवारजनलाई सघाएका हुन् ।

छानविन समितिबारे वचन दिन सक्दिँन : वामदेव

मृतकका परिवारजनलाई सहानुभूति दिँदै गृहमन्त्री गौतमले छानविन समिति गठन गर्नेबारे आफूले अहिल्यै वचन नदिने बताए । यसबारे अध्ययन र परामर्श गर्ने भन्दै गौतमले त्यसपछि मात्रै केही भन्न सक्ने वचन दिएर चरीका आफन्तहरुलाई फर्काएको स्रोतले अनलाइनखबरलाई बतायो ।

गौतमले यसअघि संसदलाई जवाफ दिने क्रममा चरीको मृत्यु प्रहरीको इन्काउन्टरमा भएको बताइसकेकाले मृतकका परिवारलाई छानविन समिति बनाउने आश्वासन दिन नसकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment