Comments Add Comment

हिट बन्दै ‘संवोधन’का संवाद, सबै दर्शकले हेर्न पाउने

namrata,-binaya-and-dayahang
संवाद हिट सिनेमा चल्ने फर्मुला हो । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘संवोधन’का संवादहरु पनि अहिले चर्चामा छन् ।
‘होस्टेल’ निर्देशक हेमराज वीसीले निर्देशन गरेको यो सिनेमालाई सरोज न्यौपानले निर्माण गरेका हुन् । चलचित्रमा दयाहाङ राई, नम्रता श्रेष्ठ, विनय भट्ट लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रलाई सेन्सर बोर्डले ‘यूनिभर्सल सर्टिफिकेट’ दिएको छ । अब यो सिनेमालाई सबै वर्गका दर्शकले हेर्न पाउँनेछन् । चलचित्रमा समावेश केही संवादहरु अहिले दर्शकको मनमा झुण्डिन थालेका छन् ।

दयाहाङ राइले बोलेका संवादलाई दर्शकले मुखमा झुण्ड्याइसकेका छन् । यसैले पनि देशको राजनीतिक अवस्थालाई चित्रित गरिएको यो सिनेमाले दर्शक तान्ने अपेक्षा निर्माणपक्षले गरेको छ । चलचित्र भदौ ६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment