१ भदाै, काठमाडाैं । छायाङ्कन सुरु हुन लागेको नेपाली फिल्म ‘कालो पोथी’लाई जर्मनीको बर्लिन फिल्म फेष्टिवलले ३० हजार युरो निर्माण खर्च दिएको छ ।
फेष्टिवल अन्तर्गतको ‘वर्ल्ड सिनेमा फण्ड’बाट नेपालको कालो पोथीसहित ४ फिल्मलाई निर्माण खर्चबापत १ लाख ४५ हजार युरो दिइएको छ । नेपाली र थाई फिल्मले ३०-३० हजार युरो पाएका छन भने घाना र कोलम्बियाका फिल्मले ४०-४० हजार युरो पाएका छन् ।
४३ देशका १२६ आबेदनकमध्ये चारवटा फिल्मलाई निर्माण खर्च दिइएको हो । मीनबहादुर भामको लेखन र निर्देशनमा तयार हुन लागेको ‘कालो पोथी’को स्क्रिप्ट हेरेर निर्माण खर्च दिइएको हो ।
कालो पोथीले यसअघि जनवरी महिनामा पनि स्वीटजरल्याण्डको फ्राइवर्ग फिल्म फेष्टिवलले ५५ लाख रुपैयाँको पुरस्कार दिएको थियो । निर्माण सुरु नहुँदै फिल्मले करिव ९३ लाख रुपैयाँ निर्माण खर्च प्राप्त गरिसकेको छ ।
दुईदुईवटा पुरस्कार जितेर उत्साहित भएका निर्देशक भामले यसबाट आफ्नो फिल्मको महत्व बढाइदिएको बताए । सुदूरपश्चिम क्षेत्रको पहाडी गाउँको कथालाई उतारिएको कालो पोथीको छायाङ्कन दशैंअगाडी सुरु गरी सन् २०१५ को बर्लिन फिल्म फेष्टिवलमा प्रर्दशन गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया 4