+
+
Shares

कोहिनुरका दर्शक बढेको बढ्यै

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २ गते १०:०९


kohinoor काठमाडौ । मोफसलका विभिन्न चलचित्र घरहरुमा श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम फिल्म ‘कोहिनुर’ हेर्ने दर्शकहरु दिन दिनै बढिरहेको जिल्ला स्थित संवाददाताहरुले बताएका छन् ।

हलमा दर्शकको उपस्थिती बढेसँगै सिनेमा घरहरुले ब्ल्याकमा टिकट बिक्री गर्नुको साथै सिट संख्या भन्दा बढी टिकट बिक्री गर्ने गरेका छन् । दर्शकहरुले सिनेमा हलहरुले तोकिए भन्दा बढी पैसा लिएको र सिटसंख्या भन्दा धेरै दर्शक राखेको गुनासो गरिरहेका छन् ।

तर, हलका कर्मचारीहरु दर्शककै आग्रहमा धेरै टिकट बेच्न वाध्य भएको बताउँछन् । ‘दर्शकहरु नै हामी जसरि पनि हेर्छौ टिक दिए पुग्छ भन्छन नदिएर के गर्नु ?’ एक हल सञ्चालकले भने ।गोरखामा रहेको मनकामना चलचित्र मन्दिरको सिट क्षमता सात सय भएपनि १२ सयसम्म टिकट बिक्री गरेको गुनासो दर्शकहरुले गरेका छन् ।

याे पनि पढ्नुहाेस्

श्रीकृष्ण अभिनित ‘कोहिनुर’ भित्र के छ !

 

कोहिनुरको ऐतिहासिक रेकर्ड : एकैदिन एक करोडको ब्यापार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?