Comments Add Comment

नक्सालमा सिजी इलेक्ट्रोनिक्सको डिजिटल स्टोर

CG-Digital
२ भदौ, काठमाडौं । औद्योगिक घरना चौधरी समुहको सिजी इलेक्ट्रोनिक्सले राजधानीको नक्सालमा नयाँ डिजिटल तथा कन्जुमर इलेक्ट्रोनिक्स स्टोर खोलेको छ ।

मुलुककै ठूलो डिजिटल स्टोरको चौधरी समुहका अध्यक्ष विनोद चौधरीले आइतबार उद्घाटन गरे । स्टोर भाटभटेनी सुपरमार्केटको अगाडी खोलिएको छ । यो सिजी इलेक्ट्रानिक्सको पाँचौं डिजिटल आउटलेट हो ।

यस स्टोरमा अडियो, भिजुअल, साना-ठूला होम अप्लाइन्सेस लगायतका कन्जुमर इलेक्ट्रोनिक्स ब्रान्डहरु उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । सिजीले नेपालमा बिक्री वितरण गर्दै आएको एलजी, सिजी, तोसिवा, गोदरेज, टिसिएल, केल्भिनेटर, केन्ट तथा रिको लगायतका कन्जुमर इलेक्ट्रोनिक्स समानहरु स्टोरमा उपलब्ध हुनेछन् ।

यसको अलवा एलजी, सामसुङ, लाभा, जोलो, इन्टेक्स, माइक्रोम्याक्स, नोकिया, कार्बन, कलर्स लगायतका ब्रान्डेड मोबाइल फोनहरु स्टोरमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

CG-Disitel

स्टोर सुभारम्भको अवसरमा कम्पनीले निश्चित समयका लागि १० प्रतिशत फ्ल्याट डिस्काउन्ट दिने भएको छ । साथै, ५ प्रतिशत नगद फिर्तासमेत दिने बताइएको छ ।

कम्पनीले दिएको जानकारी अनुसार स्टोर सातामा सातै दिन खुला रहनेछ । विहान १० वजेदेखि बेलुका साढे ८ बजेसम्म खुल्ने स्टोरमार्फत उपभोक्तालाई विशेष सपिङ प्ल्याटर्फम दिएको कम्पनीको दाबी छ ।

बिसभन्दा बढी ब्रान्डका विद्युतिय सामाग्री पाइने स्टोर आठ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ । स्टोरका बारेमा सिजी डिजिटल डट कममार्फत २४सै घण्टा जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।
CG-Digital-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment