Comments Add Comment

गोदावरीलाई नगरपालिका घोषणा गर्न माग

२ भदौ, काठमाडौं । गोदावरीक्षेत्रका बासिन्दाले त्यसक्षेत्रका ६ वटा गाउँ विकास समितिलाई समेटेर नगरपालिका घोषणा गर्न माग गरेका छन् । हरिसिद्धि, ठैब गाविस सर्वदलीय समिति ललितपुरलेे गोदावरी क्षेत्रका ६ गाविस समेटेर गोदावरी नगरपालिका घोषणा गर्न सरकारसँग माग गरेको हो ।

समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सरकारले उपत्यकाका गाविसहरुको समायोजन गरी नगरपालिका निर्माण गर्ने निर्णय बमोजिम गोदावरी क्षेत्रका ६ वटा गाविस हरिसिद्धि, ठैब, गोदाबारी, बडिखेल, गोदामचौर, विशंखुनारायणलाई समायोजन गरी गोदावरी नगरपालिका घोषणा गर्न माग गरेको हो ।

सर्वदलीय समितिका संयोजक दिपेन्द्र श्रेष्ठले दलहरुको सहमतिकै आधारमा आफूहरुले ललितपुरका ६ वटा गाविसलाई समेटेर गोदावरी नगरपालिका घोषणा गर्न सरकारसँग माग गरेको बताएका छन् ।

एमाओवादीका नेता लीलामणि पोखरेलले पनि ६ वटा गाविसहरुलाई अलग बनाएर कुनै पनि हालतमा नगरपालिका बनाउन नहुने धारणा राखेका छन् । पोखरेलले सवै सामाजिक, साँस्कृतिक र धार्मिक सवै दृष्टिकोणले समिश्रति ६ वटा गाविसहरुलाई अगल बनाएर नगरपालिका घोषण गरे आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. ३ का अध्यक्ष गजेन्द्र महर्जनले पनि ६ वटा गाविसहरुको संयोजनमा नगरपालिका निर्माण गर्नुपर्ने धारणा राख्दै आफूले सोही अनुरुपको दबाब पार्टीमा दिने पनि बताएका छन् ।

कार्यक्रममा राप्रपा नेपालका केन्दि्रय सदस्य बाबुकाजी प्रधान, राष्ट्रिय जनमोर्चा नेपालका केन्दि्रय सदस्य दीपराम महर्जन, नेकपा एमाले हरिसिद्धि गाउ कमिटीका अध्यक्ष गणेश महर्जन लगायतले ऐक्यबद्धता जनाउँदै प्रस्तावित नगरपालिकामा ६ वटा गाविसहरुलाई समायोजन गर्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment