Comments Add Comment

प्रधानमन्त्री कोइराला संसद बैठकमा सहभागी

२ भदौ, काठमाडौं । संसदमा प्रधानमन्त्रीलाई देख्न नपाएको भन्दै कांग्रेसकै सभासदहरुले संसद बैठकमा आलोचना गरेपछि प्रधानमन्त्री सुशील कोइराला लामो समयपछि सोमबार संसदमा उपस्थित भएका छन् ।

susil-koiralaअमेरिकामा फोक्सोको क्यान्सरको थेरापी गरेर फर्किएपछि प्रधानमन्त्री कोइराला संसद बैठकमा उपस्थित भएका थिएनन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सम्बोधनका बेला संसदमा उपस्थित भएका थिए ।

गत शुक्रवार संसद बैठकमा कांग्रेस सभासद रामहरी खतिवडाले प्रधानमन्त्री संसद आउनुपर्ने वा उनको स्वास्थ्यको बारेमा यथार्थ जानकारी गराउनुपर्ने माग गरेका थिए । देशभर प्राकृतिक विपत्ति परेका बेला प्रधानमन्त्री गम्भीर नभएको आरोप लागेपछि कोइराला आज संसद बैठकमा उपस्थित भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री कोइरालाको शारीरिक अवस्था गलेको देखिएको छ । संसद बैठकमा विपक्षी दलका नेता प्रचण्डले प्रधानमन्त्री कोइरालाको उपस्थितीप्रति खुसी व्यक्त गर्दै पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment