Comments Add Comment

बिराटनगरमा राधाकृष्ण रथयात्रा

SAMSUNG CAMERA PICTURESध्रुव भट्टराई

२ भदौ, बिराटनगर ।  बिराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा शुरु भएको छ । सोमबारबाट शुरु रथयात्रामा हजारौं भक्तजन सहभागी छन् ।

विराटनगर-१ मा स्थित राधाकृष्ण मन्दिरबाट कृष्ण जन्मअष्टमीको भोलिपल्ट निकालिने रथयात्राले नगर परिक्रमा गरिरहेको छ । झाँकीसहितको रथयात्रामा मुख्य चौक परिक्रमा गरी साँझ राधाकृष्ण मन्दिरमा पुगेर समापन हुन्छ ।

१८ फिट उचाईको राधाकृष्ण रथसँगै हजारौ भक्तजनले करिब आठ किलोमिटर सहरी इलाका पैदल यात्रा हिँड्छन् । रथको डोरी तान्दा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । यो वर्षको रथयात्रामा  नेपाल र भारतका सहित ४ लाख भक्तजन सभागी रहेको आयोजकको दाबी छ ।

वि.स. १९८८ मा खटयात्राबाट सुरु रथयात्रा ०२४ सालदेखी रथयात्रामा परिणत गरिएको हो । ८ जनाले थालेको खटयात्रा अहिले रथ यात्रामा परिणत हुँदा प्रत्येक वर्ष ४ लाख बढी भक्तजन सहभागी हुने गरेको रथयात्रा समारोह समितिका सचिव ओम निरौलाले बताए

रथयात्रामा हुने सम्भावित दुर्घटना रोक्न ७ सय भन्दा बढी प्रहरी परिचालन गरिएको मोरङका प्रहरी प्रमुख एव प्रहरी उपरीक्षक विश्वराज पोख्रेलले जानकारी दिए । प्रहरी उपरीक्षक पोख्रेलका अनुसार  रथयात्राभर भत्तजनको सुरक्षाका लागि तीन तहमा प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment