+
+

मंगलबारका छापामा मुख्य खबरहरु

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ३ गते ६:३०

राजधानीबाट मंगलबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले बाढी पीडितहरु एक महिने बालकसहित सडकमा बास भएको गृहमन्त्रीले राहत र उद्दार कार्य प्रभावकारी रुपमा भएको भनेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले बाढीपीडितको आँसुको भेल नथामिएको, माइतीघर-तीनकुने सडक खण्डमा खाल्डै खाल्डा भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी सिंहदरबारले सुर्खेतको पीडा नदेखेको, विपक्षीको अवरोधपछि प्रधानमन्त्रीको नेतृत्वमा उच्चसमिति बनेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले उपचारका लागि एमाले अध्यक्ष केपी ओली दिल्ली जाने, एमाओवादी अध्यक्ष प्रचण्डले जनताको विपत्तिमा सरकार मूकदर्शक बनेको बताएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले एकमहिने बालकसहित सडकमा बास भएको, धर्म निरपेक्षताबाहेक सात विषय असंशोधनीय रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1-naya-patrika

2-rajdhani

3-nagarik

4-gorkhapatra

5-karobar

6-annpurna

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?