Comments Add Comment

कांग्रेस पदाधिकारी बैठकले सरकारको समीक्षा गर्ने

congress-flag३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दैछ । सत्ता साझेदार नेकपा एमाले तथा प्रमुख प्रतिपक्षि दल एकीकृत नेकपा माओवादीले सरकारको गति सुस्त भएको बताइरहेका बेला सरकारको मूल्यांक र सरकारले गरेका कामको समीक्षा गर्न पदाधिकारी बैठक बोलाइएको हो ।
बैठकका लागि सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरु, संविधानसभा अन्तर्गतका विभिन्न समितिमा रहेका पदाधिकारीहरुलाई बोलाइएको कांग्रेसले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संविधान निर्माणमा भएको प्रगति, विभिन्न विवादित विषयमा भएको सहमति, सरकारको कामकारबाही, पछिल्लो राजनीतिक अवस्था, बाढीपहिरोले देशभर पुर्‍याएको क्षति लगायतका विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment