Comments Add Comment

भक्तपुरमा बसले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु

३ भदौ, भक्तपुर । भक्तपुरको सल्लाघारीमा बसले ठक्कर दिँदा स्कुटी चालकको ज्यान गएको छ । काभ्रेको बनेपाबाट काठमाडौं आइरहेको बा १ ख ९२८१ नम्बरको बसले बा ५७ प ७७७९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार बिन्दु राईको घटनास्थलमै मृत्यु भएको हो ।

बसको ठक्करबाट स्कुटी चालकको मृत्यु भएपछि अरनिको राजमार्ग अन्तरगत भक्तपुरको सल्लाघारी खण्ड तनाबग्रस्त बनेको छ । मृतक महिलाको ठेगाना भने खुल्न नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment