+
+

इजी लिंक र सिटिजन्स बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ३ गते १२:२२

Easy-Link

३ भदौ, काठमाडौं । इजी लिंक रेमिट्यान्स कम्पनी र सिटिजन्स बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा इजी लिंकका तर्फबाट प्रबन्धक दिपेन्द्र खनाल र सिटिजन्स बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले हस्ताक्षर गरे ।

सम्झौतापछि बिदेशबाट इजी लिंकमार्फत पठाएको रकम सिटिजन्स बैंकका देशभरीका ४५ शाखाहरुबाट सजिलै भुक्तानी लिन सकिने भएको छ ।

इजी लिंकले आफ्ना आधिकारीक एजेन्ट, विभिन्न बैंक, फाइनान्स कम्पनी, सहकारी संस्था लगायत सब-रेमिट्यान्सहरु मार्फत मुलुकभर रेमिट्यान्स भुक्तानी गर्दै आएको छ ।

कम्पनीले देशभरीका करिब २१ सय आधिकारीक एजेन्टमार्फत रेमिट्यान्स भुक्तानी गर्दै आएको कम्पनीका प्रबन्धक खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?