Comments Add Comment

बाग्लुङका ग्रामीण सडकमा अख्तियारको छानविन

रोशन तिवारी

बागलुङ भदौ ३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ जिल्लाका सडक निर्माणमा भएको अनियमितताको छानविन थालेका छ । ग्रामीण सडक मर्मतमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छानविन शुरु गरेको हो ।

CIAAजिल्ला विकास समिति बागलुङ अन्तर्गत सञ्चालित विभिन्न सडकमा गुणस्तरहीन काम भएको, दलीय भागभण्डा लगाएर हिनामिना गरेको, कामै नगरी रकम भुक्तानी लगेको, स्टिमेट अनुसार काम नगरी फरफारक गरिएकोसहितका उजुरी परेपछि ग्रामीण सडकमा अख्तियारको क्षेत्रीय कार्यालयले छानविन थालेको हो ।

अख्तियारको क्षेत्रीय कार्यालय पोखराका सुचना अधिकृत सरिता खतिवडाका अनुसार उजुरी परेका ग्रामिण सडकको विवरण मगाएर अनुसन्धान थालिएको हो । आवश्यक परे उजुरी परेका सडकमा प्राविधिक पठाएर स्थलगत अनुसन्धान गरिने खतिवडाले बताइन् ।

जिल्लाका चिप्लेटी तित्याङ सालबोट सडक खण्ड, निसी गाविसमा सञ्चालित ग्रामीण सडक, अमलाचौर पात्लेखेत कृषि सडकका साथै उजुरी परेका जिल्लाका अन्य सडकको समेत छानविन भईरहेको अख्तियारले जनाएको छ ।

जिल्लाका ग्रामीण सडकहरु प्रत्येक वर्ष मर्मत गरिए पनि वर्षा लागेपछि बन्द हुने गरेका छन् । सडक मर्मतका लागी करोडौँ रुपैँया खर्चेर गुणस्तरहीन काम गरेको स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment