+
+
Shares

ट्याक्टरले किचेर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ४ गते १०:४७

४ भदौ, सिरहा । सिरहाको पिप्रा प्रध गाविसमा गएराति टयाक्टरले किचेपछि एक बालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा परी पिप्रा प्रध-१ रामपुरका अहमद मियाँका ८ वर्षका छोरा मो. सहजाद रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक वासुदेव यादवले जानकारी दिए ।
उनका अनुसार स.१ त १४७८ नम्बरको टयाक्टरले सहजादलाई किचेपछि घटनास्थलमा नै मृत्यु भएको हो । किचेर भाग्न खोज्ने टयाक्टरसहित चालक सुखिपुर-१ का राजकुमार चौधरीलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?