४ भदौ, काठमाडौं । नेपाल पर्यटन बोर्ड कर्मचारी यूनियनको अध्यक्षमा सुधन सुवेदी चयन भएका छन् । यूनियनको मंगलबार सम्पन्न अधिवेशनले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा बिमल कडेँल, सचिवमा खड्ग विक्रम शाह, सहसचिवमा जानकी उपाध्याय, कोषाध्यक्षमा सूर्य थपलिया चयन भएका छन् । तस्तै, सदस्यमा लेखनाथ भुषाल, श्रद्धा श्रेष्ठ र कल्याणी गौतम चयन भएको बताइएको छ ।
यूनियनको कार्यअवधि २ वर्षको हुन्छ । नेपाल सार्वजनिक सेवा कर्मचारी संघको केन्द्रीय कार्यसमिति उपाध्यक्ष डा. रेणु थापाको पर्यवेक्षणमा निर्वाचन सम्पन्न भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4