Comments Add Comment

भारतीय ऋण सहयोगको व्याजदर एक प्रतिशत मात्रै

५ भदौ काठमाडौं । नेपालका लागि भारतीय राजदुत रञ्जित रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको ऋण सहयोगको व्याजदर १ प्रतिशत मात्रै रहेको बताएका छन् । यसअघि भारतले नेपाललाई गरेको ऋण सहयोगको व्याज १.७५ प्रतिशत थियो ।

अर्थमन्त्री डा रामशरण महतसँगको भेटमा राजदुत रेले मोदीले घोषणा गरेको विकास सहायताको व्याजदर कम भएको बताएका हुन् । मोदीले एक खर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

भेटका क्रममा अर्थमन्त्री महतले घोषणा भएको सहयोग तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । नेपालको प्राथमिकता काठमाडौं तराई द्रुतमार्ग, मध्यपहाडी सडक र जलविद्युत आयोजना भएको जानकारी दिदै महतले जलविद्युत आयोजनामा विशेषगरी बुढीगण्डकी र नलसिंगाड भएको स्पष्ट पारे ।

सो अवसरमा क्रिकेट एकेडेमी निर्माणका साथै पोखरा, भैरहवा र नेपालगञ्जमा क्रिकेट खेल मैदान निर्माण, झुलाघाट पुल निर्माणबारे पनि छलफल भएको थियो ।

भेटका क्रममा राजदूत रेले नेपाल र भारतबीच सहमति भैसकेका बूँदाहरुमा फेरि छलफल नगरी असहमत बूँदालाई पनि छिटो सहमतिमा लगी बिद्युत व्यापार र विद्युत विकास दुबै सम्झौता गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment