Comments Add Comment

एनआरएन भवनका लागि जापानमा सहयोग जुटाइँदै

७ भदौ, टोकियो । गैरआवासीय नपाली (एनआरएन)को काठमाडौमा निर्माणका लागि गैरआवसीय नेपालीहरु सहयोग उठाउँने क्रम जारी राखेका छन् ।

१५ करोडको लागतमा काठमाडौमा निर्माण हुन लागेको एनआरएन भवन निर्माणका लागि आवश्यक पर्ने बजेट संकलनका बिषयमा जापानको टोकियोमा गैरआवासीय नेपालीहरुबीच छलफल भएको थियो ।

यस्तै, एनआरएनको जापानमा हुन लागेको आठौं ग्लोबल क्षेत्रीय सम्मेलनको तयारीकाबारेमा पनि आयोजक समिति र नेपाली समुदायबीच छलफल भएको एनआरएन जापानले जनाएको छ । सोही छलफल कार्यक्रममा विभिन्न ब्यवसायी तथा संघसंस्थाले स्वेच्छिक आर्थिक सहयोगको घोषणा गरेको एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्टले बताए ।

एनआरएन अभियानमा लागेका विश्वभरिका नेपालीहरुको ध्यान अहिले जापानतिर केन्ऽीत भएको उल्लेख गर्दै भट्टले मुलुकको आर्थिक समृद्धिसंग जोडिएको एनआरएनको जिम्मेवारीलाई नयाँ उचाईमा पुर्याउन आसन्न सम्मेलन सफल हुने विश्वास ब्यक्त गरे ।

जापानबाट एनआरएन आइसीसीका सदस्यसमेत रहेका सम्मेलन मुल आयोजक समितिका सचिव भूषण घिमिरेले सम्मेलनको लागि कार्यविभाजन अनुसार तयारीका काम तीब्र रुपमा भइरहेको बताए ।

यसैबीच, ग्लोबल क्षेत्रीय सम्मेलन सम्पन्न गर्न र एनआरएन भवन निर्माणका लागि इभेन्ट पार्टनरका लागि १५० मान (१५ लाख येन), प्लाटिनमका लागि ८० मान (८ लाख येन), गोल्डका लागि ५० मान (५ लाख येन), सिल्भरका लागि ३० मान (३ लाख येन) र सपोर्टरका लागि १० मान (१ लाख येन) गरी वर्गिकरण गरिएको बताए ।

इभेन्ट पार्टनरका लागि टीबीआई ग्रुपका अध्यक्ष भवन भट्ट १५० मान येन सहयोग गर्ने घोषणा गरेका छन् भने ग्लोबल क्याराभान सपना ग्रुपका कार्यकारी प्रमुख भुवन अधिकारी, गुल्मी समाज जापान तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरका अध्यक्ष महेशकुमार श्रेष्ठले पनि इभेन्ट पार्टनरमा रहने प्रतिवद्धता जनाएको भट्टले जानकारी दिए ।

यसैगरी साँग्रिला कम्पनीका अध्यक्ष किरणविक्रम थापा र खड्का कम्पनीका कार्यकारी प्रमुख रघुदिप खड्काले सिल्भर स्पोन्सर तथा एनआरएन जापानका उपाध्यक्ष सुदन थापा २० मान येन सहयोग गर्ने आयोजकले जनाएको छ ।
आगामी सेप्टेम्बर १८ र १९ तारिख एनआरएनको आठौं ग्लोबल सम्मेलन नागानोकेनको तातेसीनामा हुँदैछ । सम्मेलनमा बिभिन्न मुलुकबाट ३०० भन्दा बढि प्रतिनिधिहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment