+
+

त्रिवि, उच्च मावि र सिटिइभिटीमा अख्तियारको छापा

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ८ गते ११:४६

८ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका १३ विभाग, उच्च माध्यमिक शिक्षा परिषद र प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदमा एकसाथ छापा मारेर कागजपत्र कब्जामा लिएको छ ।

तीन संस्थामा भ्रष्टाचार र अनियमितताका एक हजार भन्दा बढि उजुरी परेपछि अख्तियारले आज एकसाथ छापा मारेको प्रमुख आयुक्त लोकमानसिंह कार्कीका प्रेस सल्लाहकार ओमबन्धु कार्कीले जानकारी दिए ।

उनका अनुसार अख्तियारका १ सय ३० जना कर्मचारी छापा मार्न परिचालन गरिएका छन् । महत्वपूर्ण कागजपत्रहरु जफत गरिरहेको उनले जानकारी दिए ।

बिभिन्न शिक्षण संस्थाहरुलाई सम्बन्धन दिने क्रममा करोडौं घुस लेनदेन भएको र पैसा लिएर सम्बन्धन दिन लागिएको पाइएपछि अख्तियारले छापा मारेको हो ।

छापा मार्ने कार्य अहिले पनि जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?