+
+

विश्व कीर्तिमानका लागि कालापत्थरमा जोडी नृत्य

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १७:५२

काठमाडौं । नृत्य निर्देशकद्वय सुरेन्द्र राई र सुशन तामाङले गिनिज विश्व रेकर्डका लागि सोलुखुम्बुको कालापत्थरमा जोडी नृत्य गरेका छन् । ‘सर्वाधिक उचाइमा कोरियोग्राफी गरिएको नृत्य’ विधाका लागि उनीहरुले यो प्रयास गरेका हुन् ।

आइतबार ५ हजार ४३८ मिटरको उचाइमा उनीहरुले दीपक बज्राचार्यको गीत ‘मन मगन’मा २ मिनेट ३० सेकेन्डसम्म नृत्य गरेका थिए । उनीहरुको टोलीमा फोटोग्राफर सौगात कार्की र भिडियोग्राफरद्वय उमेश सापकोटा तथा सोनम केसी थिए ।

आठ हजार मिटरका पाँच हिमाल दुई पटक आरोहण गरेर गिनिज वर्ल्ड कीर्तिमानी बनेका सानु शेर्पा विशेष अतिथिका रुपमा सुरेन्द्र र सुशनको नृत्यको साक्षी बनेका थिए ।

खराब मौसमको बाबजुद पनि २०-२५ जना दर्शकको उपस्थितिमा उनीहरुले आधिकारिक गिनिज वर्ल्ड रेकर्डको लागि नृत्य गरेका थिए । सुरेन्द्र र सुशनले सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङल्हामु गाउँपालिकाको स्वीकृतिमा कार्यक्रम गरेका हुन् ।

गिनिजको तर्फबाट नेपाल प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा उनीहरुले कार्यक्रम गरेका थिए । सुरेन्द्र र सुशनका अनुसार कार्यक्रमको छायांकनका प्रमाण र अन्य प्रमाण गिनिजको लण्डन मुख्यालयमा पठाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?