+

इन्जुरी समयमा रोचक बनेको खेलमा डर्टमुन्डमाथि रियलको जित

२०८२ असार  २२ गते ७:३८ २०८२ असार २२ गते ७:३८
इन्जुरी समयमा रोचक बनेको खेलमा डर्टमुन्डमाथि रियलको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रियल मड्रिडले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३–२ ले पराजित गरी फिफा क्लब विश्वकपको सेमिफाइनल प्रवेश गर्यो।
  • खेलको पहिलो हाफमा रियलले २-० को अग्रता बनाएको थियो र अन्तिम समयमा डर्टमुन्डले गोल फर्काएको थियो।
  • रियलका खेलाडी डेयान हुयिसेनले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।

२२ असार, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३–२ ले पराजित गर्दै रियल अन्तिम चारमा प्रवेश गरेको हो।

रियल मड्रिडका लागि गोंजालो गार्सिया, फ्रान गार्सिया र किलियन एमबाप्पेले गोल गरे। डर्टमुन्डका लागि मेक्सिमिलियन बेइयर र सर्हो गुइरासीले गोल फर्काए।

खेलको १०औं मिनेटमा गोंजालो तथा २०औं मिनेटमा फ्रानले अग्रता दोब्बर बनाएपछि पहिलो हाफमा नै २-० को अग्रता बनाएको रियलले सोही नतिजाका साथ जित निकाल्ने संघारमा रहेका बेला इन्जुरी समयमा खेल रोमाञ्चक बनेको थियो ।

डर्टमुन्डले इन्जुरी समयको दोस्रो मिनेटमा बेइयरको गोलमार्फत एक गोल फर्कायो, तर त्यसको दुई मिनेटपछि एमबाप्पेले उत्कृष्ट फिनिसिङ गर्दै रियलको अग्रता कायम राखे।

त्यसलगत्तै इन्जुरी समयको पाँचौं मिनेटमा रियलका डेयान हुयिसेनले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बनेको थियो। इन्जुरी समयको ८औं मिनेटमा सर्हो गुइरासीले पेनाल्टीमार्फत डर्टमुन्डका दोस्रो गोल गरेपनि त्यो पर्याप्त भने भएन ।

फिफा क्लब विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय